यदि केही गरी आफ्नो सवारी चालक अनुमती पत्र हराएमा :- १.सम्बन्धित ट्राफिक कार्यालयमा लाइसेन्स हराएको स्पस्ट रुपमा खुलाई निवेदन पेश गरि ट्राफिक सिफारिस लिने। २.ट्राफिक कार्यालयबाट दिएको सिफारिसको सक्कल कपि संलग्न राखी प्रतिलिपिको फारम, नागिरकताको फोटोकपीका साथ सम्बन्धित व्यक्ति आफै कार्यालयको सवारी चालक अनुमतीपत्र शाखामा सम्पर्क गर्ने ।
हाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र पनि अनुमतिपत्र नवीकरण नगराएमा सो मिति समाप्त भएको एक वर्षसम्म १००%, दुइ वर्षसम्म २००%, तीन वर्षसम्म ३००%, चार वर्षसम्म ४००% र पाँच वर्षसम्म ५००% थप जरिवाना र दस्तुरसमेत लिई यस्तो चालक अनुमतिपत्र नवीकरण गरिनेछ । यस्तो नवीकरण पाँच वर्ष लागि कायम रहनेछ । पाँच वर्षम्म पनि नवीकरण नगराएको चालक अनुमतिपत्र स्वतः रद्द हुनेछ र यस्तो अनुमतिपत्रको नवीकरण गरिने छैन । सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुरवापत ठूला सवारीका लागी रु ३०००/-¸ मझौला सवारीका लागी रु २५००/-¸ मोटरसाइकल, स्कुटर बाहेकका साना सवारीका लागी रु २०००/- र मोटरसाइकल, स्कुटरका लागी रु १५००/- लाग्नेछ ।तर एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएका हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको दस्तुर मात्र लाग्नेछ ।